NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कोरोना संक्रमणका कारण एकै मिनेटमा दम्पतीको मृत्यु

अमेरिकास्थित मिसिगनकी पेट्रिसिया र उनका श्रीमान लेश्लीले एकै समय त्यो पनि एकै मिनेटमा मृत्युवरण गरेका छन् । दुवै दम्पतिले मंगलबार दिउँसो ४ बजेर २३ मिनेटमा अन्तिम सास लिएका थिए । उनीहरू निकटले बताएअनुसार पेट्रिसियाले मृत्यु हुनु केही समय अघि श्रीमान नजिकै पुगेर ‘अब जानेवेला भयो’ भनेकी थिइन् । म्याकवाटर्स दम्पतीले ४७ वर्ष सँगै दाम्पत्य जीवन बिताए । यो अवधिभर दुई दम्पतीले छोराछोरी, नातीनातिना र पनातीसमेत हुर्काइसकेका थिए । सँगै बाँच्नेमात्रै होइन, दुई दम्पतीलाई कोभिड १९ को संक्रमण भएपछि एकै समयमा अन्तिम सास लिए । ‘उहाँहरू दुवैजना सँगै जिउनुभयो, मरण पनि एकै समयमा भयो, त्यो पनि एकै मिनेटमा,’ दम्पतीका एक छोरीले भनिन्, ‘यो देखेर हामीलाई त्यस्तो आश्चार्य केही भएन किनभने दुईजना हरेक क्षण सँगै समय बिताउनुहुन्थ्यो ।’ अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा दुई लाख ६८ हजार ८७ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाए । कोभिड १९ को संक्रमणका कारण अस्पताल भर्ना हुने क्रम बढ्दै जाँदा त्यहाँका विज्ञहरू मृत्युदर पनि बढ्ने चिन्ता गरिरहेका छन् । पेट्रिसिया पेशाले नर्स थिइन् भने लिश्ली भने अवकाशप्राप्त ट्रक ड्राइभर । दुवैजना एकअर्र्कासँग सार्वाधिक समय बिताउने गर्थे ।