NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै ठमेलमा व्यवसायीको प्रदर्शन

https://www.youtube.com/watch?v=nJPxiXULiac काठमाडाैं । रात्रीकालीन व्यवसाय सञ्चालनको माग गर्दै पर्यटकीय केन्द्र ठमेलमा प्रदर्शन भएको छ । ठमेल क्षेत्रका व्यवसायीहरूले रात्रीकालीन व्यवसाय खुलाउन दबाबस्वरुप बुधवार मौन र्‍याली निकालेका हुन् । रात्रीकालीन व्यवसाय खुलाउनुपर्ने मागसहित र्‍यालीमा करिब साढे पाँच सय व्यवसायीले प्रदर्शन गरेका हुन् । उनीहरूले कालो मास्क लगाएर प्रशासनको ध्यानाकर्षणका लागि ठमेल परिक्रमा गरेका थिए । साविकझैं ठमेलको रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने आफूहरूको माग रहेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोलले बताए । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै अहिले सरकारले राती १० बजेसम्मका लागिमात्रै ठमेल खोल्ने अनुमति दिएको छ । रात्रीकालिन व्यवसायलाई समयसीमा नतोकी यथास्थितिमा सञ्चालन गर्न दिन महिनौंदेखि पर्यटन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासन कार्यालय धाए पनि सुनुवाई नभएको व्यवसायीको गुनासो छ । आफूहरूले गरेको लगानी गुम्ने अवस्थामा पुगिसकेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार व्यवसाय खोल्न पाउनुपर्ने माग आफूहरूको रहेको परिषद्का उपाध्यक्ष डंगोल बताउँछन् ।