NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आजका ‘गुड न्युज’ : नवप्रवर्तनमुखी उद्यमीलाई दुई प्रतिशत ब्याजमा ५० लाखसम्म ऋण

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट विभिन्न खाले समाचारहरू संप्रेषित भए । त्यसमा नकारात्मक समाचारको बाहुल्य थियो । नकारात्मक समाचारकाबीच केही सकारात्मक समाचारहरू पनि सञ्चारमाध्यमबाट संप्रेसित भए । नेपालवाचले नियमित रुपमा दिनभर सञ्चारमाध्यमबाट संप्रेषित सकारात्मक समाचारको सूची तयार गरेर प्रकाशित गर्दै आएको छ । आजका ‘गुड न्युज’हरू ः नवप्रवर्तनमुखी उद्यमीलाई दुई प्रतिशत ब्याजमा ५० लाखसम्म ऋण सरकारले नवप्रवर्तनमुखी व्यवसायलाई दुई प्रतिशत ब्याजमा ५० लाख रुपैयाँसम्म ऋण दिने भएको छ । मन्त्रीपरिषद्ले यससम्बन्धी कार्यविधि नवप्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि, २०७७ पारित गरेको छ । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविश्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन कार्यविधि जारी गरेको सरकारले जनाएको छ । कर्जा प्रदान गर्दा प्रस्ताव लागत तथा त्यसबाट पर्ने प्रभावको आधारमा कुल लागतको बढीमा पचास प्रतिशतमा नबढ्ने गरी अधिकतम ५० लाख रुपैयाँ रकम नवप्रवर्तन सुरुवाती पुँजीको रुपमा कर्जा उपलब्ध गराइने पनि कार्यविधिमा उल्लेख छ । कर्जा स्वीकृत गर्दा बैंकले आविश्कारकर्ता, उद्यमी वा व्यवसायीको जमानी, व्यावसायिक कार्ययोजना, सम्झौता तथा परियोजनालाई कर्जा धितोको रुपमा लिन सक्नेछन् । अस्पतालको सेवा गुणस्तर अनुगमन गर्न छुट्टै बोर्ड गठनको तयारी सरकारले सरकारी र निजी अस्पतालले दिने स्वास्थ्य सेवाको गुणस्तर र उपचार शुल्कको अनुगमन गर्न छुट्टै बोर्ड गठनको तयारी गरेको छ । अस्पतालपिच्छे स्वास्थ्य उपचार सेवाको गुणस्तर र शुल्क फरक–फरक हुने गरेको गुनासो आएका कारण अधिकारसम्पन्न बोर्ड गठन गरेर अनुगमन गर्ने र सोही अनुसार नियमन गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य संस्थाहरूले दिने सेवा र मूल्यको अनुगमनको आवश्यकता महसुस भएर अनुगमनको छुट्टै संयन्त्र तयार गर्न लागेको हो । त्यसका लागि मन्त्रालयले कानुन नै बनाएर अधिकार सम्पन्न बोर्ड गठन गर्ने भएको छ । कानून बनाउन मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त गरेर ड्राफ्ट भइरहेको छ । पर्यटन आगमन बढ्न थाल्यो सरकारले गत अक्टोवर १७ बाट पर्यटकका लागि समेत नेपाल खुला गरेपछि पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार नोभेम्बर महिनामा मात्र १९४७ जना पर्यटक नेपाल आएका छन् । यसअघि अक्टोवरमा १८७४ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबा २ सय ९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै भारतबाट १ सय २३ र ?सबाट १ सय २ जना नेपाल आएको तथ्यांक छ । क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्टे्रलियाबाट ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका छन् । सेयर कारोबार उकालो साताको चौथो कारोबार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूह बढेर हरियाली देखिदा नेप्से परिसूचक ७० दशमलव ६४ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीह?को कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशत अर्थात १२.२५ अंकले बढेर ३९६ दशमलव ०४ अंकमा पुगेको छ । दिनभर भएका ६० हजार ८ सय ४६ कारोबारबाट २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएका छन् । चाबहिल सडकखण्ड धमाधम कालोपत्र चाबहिल सडकखण्ड धमाधम कालोपत्रे हुँदैछ । लामो समय धूलाम्मे, हिलाम्मे, खाल्डाखुल्डी सडकको सास्ती खेपेका स्थानीयले सडक कालोपत्रे हुन थालेसँगै राहत अनुभव गरेका छन् । सडकको दुवैतर्फ अझै कालोपत्रे सकिएको छैन । तै पनि काम सुरू भएपछि यो बाटो ओहोरदोहोर गर्नेहरूले सास्ती कम भएको महसुस गरेका छन्।