विमानस्थलमा भीषण आगलागी

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युतको तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन् । आज बिहान ४ बजेदेखि लागेको आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको छैन । सर्वसाधारण र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आलगाली भएको केही समयपछि नियन्त्रणमा लिन नेपाल प्रहरीले माइकिङ गरेसँगै सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति रहेको छ । महिला तथा पुरुष आगो नियन्त्रणमा लागि परेका छन् ।
ताजा अपडेट
-
चेल्सीकी एम्मा हेस र साम केरले जिते ‘एफए वुमेन्स सुपर लिग’ उपाधि
-
अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू
-
बालेनले काठमाडौंको मेयरमा जितेपछि के भनिन् उनकी श्रीमतीले ?
-
उपमेयरमा निर्वाचित सुनिता भन्छिन् : शासक होइन सेवक भएर कर्तव्य पूरा गर्छु
-
इन्धनमा लगाइँदै आएको कर घट्यो, शीर्षकबारे निर्णय हुन बाँकी
प्रतिक्रिया