NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

विवादपछि पौडेलले गरे पुल उद्घाटन

काठमाडौं । बुधबार निक्कै तनाव खेप्ने र पक्राउ परे पनि बिहीबार कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गरेका छन् । व्यास नगरपालिका–१ मा नेकपा समर्थित युवा संगठनले पौडेललाई उद्घाटन गर्नबाट रोक्न खोज्दा निषेधाज्ञा नै लगाउनुपर्ने अवस्था आएको थियो । निषेधाज्ञामैं पौडेल पुल उद्घाटन गर्न जाँदा प्रहरीले उनलाई तीन घण्टा नियन्त्रणमा लिएर छोडेको थियो । तर, पौडेलले दमौलीबाट जुलुस लिएर गएर बिहीबार पुलको उद्घाटन गरेका छन् । सयौंको संख्यामा पौडेल दमौलीबाट नजिकै रहेको पुल उद्घाटन गर्न पुगेका थिए ।प्रशासनबाट अवरोध नभएपछि पौडेलले बिहीबार बुल्दी खोला पुलको उद्घाटन गरेरै छोडे । पौडेल पक्राउ परेपछि प्रतिपक्षी दल कांग्रेसले यो प्रकरणलाई प्रतिष्ठाको विषय बनाएको छ । बुधबारको तनावपछि कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराईकासहितका नेताहरु तनहुँ पुगेका छन् ।