NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हजारौं दलबलसहित पौडेलले यसरी गरे पुल उद्घाटन [फोटोफिचर]

वुधबार पुल तनहुँ व्यास नगरपालिका–१ स्थित बुल्दी खोलामा पुल उद्घाटन गर्न जाँदा कांग्रेस नेता रामचन्द्र पौडेललाई प्रहरीले तीन घण्टासम्म नियन्त्रणमा लिएको थियो । तर, बुधबार पौडेलसहितका नेताहरु प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द्र भट्टराईसहितका केन्द्रीय नेतासहित हजारौंको दलबल लिएर पौडेलले पुलको उद्घाटन गरे । सत्तारुढ नेकपाका युवा संगठनसँग तनाव बढेपछि पौडेल अघिल्लो दिन निशेधाज्ञाकाबीच पुल उद्घाटन गर्न जाँदा पक्राउ परेका थिए । तर, बिहीबार प्रशासनले कुनै अवरोध नगरेपछि उनले पुल उद्घाटन गरे । पौडेलले कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्नबाट प्रशासन पछि हटेको दाबी गरेका छन् ।