NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ पुग्यो

काठमाडाैं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ५१ पुगेको छ । पछिल्लो एक दिनमा एक हजार तीन सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार एक सय ११ जना कोरोना संक्रमण भएर निको भएका छन् । यो संँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या दुई लाख नाघेको छ । नेपालमा हालसम्म कोरोना संक्रमण भई मुक्त हुनेको संख्या दुई लाख २० हजार दुई सय ७२ रहेको छ । नेपालमा हाललसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या दुई लाख ३७ हजार पाच सय ८९ रहेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार सात सय ६६ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ७७ वटा निजी तथा सरकारी प्रयोगशाला मार्फत नौ हजार दुई सय ९ जनाले पिसिआर परीक्षण गराएका छन् । थप ६५ जना भेन्टिलेटरमा उपचारारत छन् भने आइसीयुमा उपचारात हुनेको संख्या तीन सय ८ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या पाच सय ६१ रहेको छ । संक्रमित हुनेमा पुरुषको संख्या तीन सय ११ तथा महिलाको संख्या दुई सय ५० रहेको छ ।