NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गाँजा लागूऔषधको सूचीबाट हटेपछि नेकपाका नेता उत्साही, भने : सरकारले छिटो प्रतिबन्ध फुकाउनुपर्छ

काठमाडाैं । नेपालमा हाल गाँजा खेतीमाथि प्रतिबन्ध लगाइँदै आएको छ । तर गाँजा खेतीको महत्वलाई बुझेर यसको व्यापारका लागि अनुमति दिनुपर्ने मागसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङ्ग, विरोध खतिवडा लगायतका सांसद बहसमा उत्रिंदै आएका छन् । राष्ट्रसंघमा भोटिङबाटै गाँजा अब खतरनाक लागुऔषध नभई औषधीय गुण भएको वनस्पति भन्नेमा भोटिङबाट पारित भएपछि अभियान चलाउने नेकपाका नेताहरु उत्साही भएका छन् । संसदमा बहस संचालन गर्दै गाँजा खेतीको कानूनी मान्यताको लागि गैरसरकारी विधेयक नै दर्ता गरेका थिए । लागुऔषधबाट हटेपछि याे खुल्ला गराउन बाटो खुल्ला भएको नेता तामाङले सामाजिक संजालमार्फत जनाएका छन् । उनी भन्छन् : हरेक नेपालीलाई र सिंगै राष्ट्रलाई धनी बनाउन सक्ने यो गाँजालाई अब कानून बनाएर हामी खुल्ला गर्नेछौं । गाँजा खेतीको कानूनी मान्यताको लागि बाटो खुल्यो : शेरबहादुर तामाङगाँजा खेतीको कानूनी मान्यताको लागि हामीले जुन बहस संचालन गर्दै संसदमा गाँजा खेतीको कानूनी मान्यताको लागि गैरसरकारी विधेयक नै दर्ता गरेका छौं । अब यसको लागि बाटो खुल्ला भएको छ । हरेक नेपालीलाई र सिंगै राष्ट्रलाई धनी बनाउन सक्ने यो गाँजालाई अब कानून बनाएर हामी खुल्ला गर्नेछौं । गाँजाको बारेमा अन्तर्राष्ट्रिय रुपमै बहस भैरहेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनले ३ बर्ष अगाडि नै संयुक्त राष्ट्र संघलाई गाँजालाई लागू औषधको सूचीबाट हटाई यसलाई औषधीय गूण भएको वनस्पतिको सूचीमा राख्न पत्र लेखेको थियो । सो प्रक्रियालाई संयुक्त राष्ट्रसंघले आफ्नो सदस्य राष्ट्रहरुको बीचमा छलफलमा पठाएको थियो । हामीले नेपालमा व्यापक छलफल बहस पश्चात नेपालले पक्षमा मतदान गर्ने निष्कर्षमा पुग्यौं । संयुक्त राष्ट्र संघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयमा ५३ सदस्य हुन्छन नेपाल पनि सौभाग्यले भोट हाल्न पाउने सदस्यको रुपमा छ । नेपाल सरकारको निर्णय र आदेशमा जेनेभामा रहनु भएका राजदुत प्रकाश कुमार सुबेदीले पक्षमा मतदान गर्नुभयो । नेपाल लगायत २७ मुलुकले लागुपदार्थ सम्बन्धी अन्तर्राष्ट्रिय सन्धीमा गाँजा प्रतिबन्धलाई खुकुलो बनाउने प्रस्तावको पक्षमा मतदान गरेका छन । यो प्रस्ताव बहुमतले पारित भयो । नेपाल सरकारलाई मुरी मुरी धन्यवाद र यो अभियानमा लाग्ने सबै महानुभावहरु, समर्थन गर्ने जनसमुदाय र प्रचार गर्ने पत्रकार र मिडियालाई लाखौंलाख धन्यवाद छ । अब हाम्रो अभियान संसदमा दर्ता भएको कानूनलाई पास गराउन सबै पक्षलाई आह्वान गर्दछु ।सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णयक बोर्डमा नेपालले पहिलो पटक मतदान अधिकार प्रयोग गर्दै औषधी जन्य गाँजा को पक्ष मा मत खसाएको हो । विश्व ब्यापी रुपमा मान्यता पाइरहेको बहुउपयोगी गाँजा र यसबाट बन्ने औषधीको लागि आवश्यक कच्चा पदार्थ देखि कपडा र खाद्यवस्तु समेत निर्यात गर्ने बाटो खुल्ला गर्नको लागि तत्काल गाँजा प्रतिबन्ध फुकुवा गर्दै नियमन प्रणालीमा जान सक्नु आजको जटिल परिस्थिति को माग हो । यो माग पूरा गर्न सक्ने एक मात्र अवसर वर्तमान सरकारको काँधमा छ । संयुक्त राष्ट्रसंघले नै अब गाँजा औषधीय गुण भएको वनस्पति र यसबाट मानव जीवनलाई हानी हुँदैन भनेसकेपछि अब यसको प्रतिबन्ध फुकाउन हामीलाई अवसर प्राप्त भएको । यो अवसरको उपयोग गर्दै अब छिटोभन्दा छिटो कानून पास गरेर गाँजा प्रतिबन्ध फुकुवा गरौं ।