मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

कर्णाली । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गर्नुपर्नेनपर्नेबारे लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो । मालपोत कार्यालयमा सेवाग्राहीले पाउने सास्तीका सम्बन्धमा अधिवक्ता शेरबहादुर खत्रीले मङ्गलबार उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । अदालतको आदेशमा मालपोतमा घटना के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी गर्नुपर्ने हो ? आदेश जारी हुन नपर्ने भए कुनै कारण, आधार र प्रमाण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । मालपोत, जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उच्च सरकारी वकिल कार्यालयमार्फत र कर्णाली प्रदेश सरकारलाई मुख्य न्यायाधिवक्ता तथा वीरेन्द्रनगर नगरपालिकालाई आफैँ वा कानूनबमोजिम प्रतिनिधिमार्फत जवाफ पेश गर्न आदेश भएको रिट निवेदक अधिवक्ता खत्रीले जानकारी दिए । निवेदनमा जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, आयोग, नगरपालिका, प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया