NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

हुम्लामा मध्यरातमा जिप दुर्घटना, ४ जनाको मृत्यु ७ घाईते

हुम्ला । सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु.२ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । एक बच्चा सहित ७ जना घाईते भएका छन् । रसिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका(७ को डाडाफयामा राती १० बजे सो बलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवंप्रहरी निरीक्षक सिताराम बिष्टले बताए । दुर्घटनामा परि १ जना महिला सहित ४ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि एक वर्षको बच्चासहित ७ जना घाइते भएका छन् । घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सिकी कल्पना सिंह, सिमकोट ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र बच्चासहित ५ जनाको अवस्था सामान्य भएको जिल्ला अस्पतालका डाक्टर टसि अंङजुक लामाले बताए । बलेरो जिप मुल सडक भन्दा करिब ६ सय मिटर तल खसेको हुम्ला प्रहरीका प्रवक्ता बिष्टले बताए । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । राती भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका ससस्त्र प्रहरी बल हुम्ला प्रमुख डिएसपी मोहन बिस्टले बताए । अधिकांसको छाती, टाउको र हात खुट्टामा चोट लागेको प्रहरीको भनाई छ ।