NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

दुवै आरोप पत्र फिर्ता लिएर साझा प्रतिवेदन बनाउन दुई अध्यक्ष सकारात्मक

काठमाडौ । दुई अध्यक्षवीच छुट्टै संवाद भएपछि नेकपाको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालयको वैठक अघि दुई अध्यक्षवीच करिब आधा घण्टा छुट्टै छलफल भएको हो । तर उक्त छलफलको विषय अहिलेसम्म बाहिरिएको छैन । दुई अध्यक्षवीच एक्ला÷एक्लै भेट लगत्तै सचिवालय बैठक सुरु भएको हो । प्रधानमन्त्री निकट एक नेताले दुई अध्यक्ष सचिवालयमा दर्ता भएको दुवै आरोप पत्र फिर्ता लिएर नयाँ साझा प्रतिवेदन ल्याउन सहमत भएका छन् । दुई अध्यक्षको वीचमा बढेको असमझदारी हल हुन नसक्दा नेकपा विभाजनको मुखमा पुगीसकेको छ । र पार्टीको सचिवालयमा दुवै अध्यक्षको आरोप पत्र दर्ता भएको छ । आजको बैठकमा सचिवालयमा दर्ता भएको छुट्टा छुट्टै दुई आरोप पत्र खारेज गर्ने वा स्थायी कमिटी हुँदै केन्द्रीय समितिसम्म लैजाने भन्नेबारे छलफल गर्ने कार्यतालिका छ ।