मिस नेपालको उपाधि नम्रतालाई

काठमाडौँ । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन् । प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् । मिस नेपाल २०२० काठमाडौँ, २० मङ्सिर : नयाँ मिस नेपाल वल्ड २०२० विजेता नम्रता श्रेष्ठलाई क्राउन लागाइ दिंदै पूर्व मिस नेपाल अनुस्का श्रेष्ठ । तस्वीरः प्रदीपराज वन्त, रासस उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याएकी हुन् । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ?’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन । मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाइन । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो ।
ताजा अपडेट
-
उपमेयरमा निर्वाचित सुनिता भन्छिन् : शासक होइन सेवक भएर कर्तव्य पूरा गर्छु
-
इन्धनमा लगाइँदै आएको कर घट्यो, शीर्षकबारे निर्णय हुन बाँकी
-
संसदमा एमालेको फेरि लफडा
-
नबिल बैंक ‘आइजे ग्लोबल म्यागेजिन’ को शीर्ष २० बैंकमा सूचीकृत
-
काठमाडौं महानगरको मेयर पदमा पराजित भएपछि के भने स्थापितले ?
प्रतिक्रिया