NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

आज दिन भरका गुड न्युज : मंसिर २७ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट प्रतियाेगिता

काठमाडौँ । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू प्रवाह भए । त्यसमध्ये अधिकांश खबरहरू पाठकलाई निरास बनाउने खालका थिए । नकारात्मक खबरको बाढीकाबीच निकै थोरै सकारात्मक सन्देश प्रवाहित भएका छन् । जसले पाठकहरूमा सकारात्मक उर्जा थप्ने काम गरे । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई तीन हजार तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई तीन हजार रकम वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो । गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । ‘सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा खरिद गर्न सहयोग होस् भनेर चालु आवको नीति तथा कार्यक्रममा नै यसलाई समेटेका थियौं, सोही बमोजिम ३० जना सुत्केरीलाई प्रोत्साहन रकम वितरण गरेका छौं,’ रानाले भनिन् । मंसिर २७ गते चितवनस्थित धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट खेल्ने बागमती प्रदेश क्रिकेट संघले मंसिर अन्तिम साता गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। राष्ट्रिय टिमका खेलाडीले पनि खेल्ने बताइएको प्रतियोगिता मंसिर २७ गतेदेखि चितवनस्थित धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना क्रिकेट मैदानमा हुने भएको हो। आयोजकका अनुसार कोरोना भाइरस महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता संचालन गरिनेछ। अहिले राष्ट्रिय टिमको क्याम्पमा बोलाइएका २७ खेलाडीलाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ। यस्तै राष्ट्रिय टिममा खेलिसकेका र क्याम्पमा नपरेका यू१९ का प्रतिभाशाली खेलाडीहरु थप गरिने आयोजकको भनाइ छ। राष्ट्रिय टिमको प्रशिक्षक र कप्तानलाई बाँकी खेलाडी छनोट गर्ने जिम्मा दिइएको छ।