NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

२४ घण्टामै कोरोना निको हुने औषधि पत्ता लगाएको वैज्ञानिकहरूको दावी

कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेका बेला २४ घण्टामै कोरोना संक्रमण निको हुने एन्टी भाइरल औषधी पत्ता लगाएको दावी बैज्ञानिकहरूले गरेका छन् । इन्फ्लुएञ्जा विरूद्ध शक्तिशाली मानिएको ‘मोलुनपीरभीर’ नामक औषधिको प्रयोगले कोरोना भाइरसको संक्रमण पूर्णतया निको पार्न सकिने दावी वैज्ञानिकहको छ । एमके–४४८२/ईआईडिडि–२८०१ भनिने ‘मोलनुपीरभीर’ औषधी जर्जिया स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको एउटा टिमले तयार पारेको हो । जर्नल अफ नेचर माइक्रोबायोलोजीमा प्रकाशित अध्ययनले जनाए अनुसार जर्जिया स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको समूहले सुरुमा यो औषधि इन्न्फ्लुएञ्जा विरूद्ध तयार पारेका थिए । ‘कोरोनाको संक्रमणलाई तिब्र रुपमा फैलनबाट रोक्नका लागि मुखबाट दिइने यो औषधिको सार्वजनिक गर्न लागिएको यो पहिलो पटक हो,’ अनुसन्धाता रिर्चड पेल्पर भन्छन्, ‘कोरोना भाइरसको उपचारमा यो औषधि गेम चेञ्जर सावित हुनसक्छ ।’ यो औषधि मुखबाटै लिन सकिन्छ, यसको प्रभावकारी नतिजाको लागि पनि यसलाई यथाशिघ्र सुरु गर्नुपर्छ । अध्ययनका लागि अनुन्धानकर्ताहरूले सार्स कोभिड–२ विरुद्ध एमके–४४८२÷ईआईडिडि–२८०१ लाई पुन तयार पारेका थिए । संक्रमण फैलाउने भाइरसमा औषधिको प्रभावकारिताबारे परीक्षण गर्न फेरेट मोडलको उपयोग गरेका थिए । अनुसन्धानकर्ताहरूका अनुसार फेरेट्स मोडल स्वभाविक ट्रासमिसन मोडल हो, किनकी यसले भाइरसलाई विरलै फैलाउँछ र गम्भीर संक्रमण हुन दिँदैन । अनुन्धानका लागि अनुसन्धानकर्ताहरूले केही जनावरलाई कोरोनाबाट संक्रमित गरेका थिए । जब संक्रमित जनावरहरूले नाकबाट भाइरस छोड्न थाले, तब अनुसन्धानकर्ताहरूले मालनुुपीरभीर औषधी दिए । र, संक्रमित जनावरलाई स्वस्थ जनावरका साथ एउटै पिंजडामा राखे । ‘जब संक्रमित जनावरलाई स्वस्थ जनावरको साथमा एउटै पिंजडामा राखियो तब उनीहरूमा कुनै किसिमको संक्रमण फैलिएन,’ अनुसन्धाता सहलेखक जोसेफ उल्फले भने । यही विधिबाट मान्छेको उपचार गरेको खण्डमा उनीहरूलाई उपचार सुरु गरिएको २४ घण्टाभित्रै संक्रमण मुक्त गर्न सकिने अनुसन्धानकर्ताहरूको दावी छ । ‘एमके–४४८२/ईआईडिडि–२८०१ सार्स कोभिड–१९संक्रमण विरूद्ध ट्रायल–२÷ट्रायल ३ को चरणमा छ ।’ अनुसन्धानकर्ताहरूले भने ।