NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असार १८ गते

स्थायी समिति बैठकमा ईश्वर पोखरेलमार्फत् प्रधानमन्त्री ओलीको पत्र – प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न सकिँदैन

काठमाडौं । नेकपाको आइतवार बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहे । ओली अनुपस्थित भएपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक आयोजना गरेका थिए । आफू अनुपस्थित बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नसकिने पत्र पठाएका थिए । ईश्वर पोखरेलमार्फत् ओलीले पठाएको पत्र पोखरेलले बैठकमा वाचन गरेर सुनाएका थिए । पाेखरेलमार्फत पठाएकाे पत्रमा ओलीले आफूले दुवै पद नछाड्ने जिद्दी गरेका छन् । आगामी आइतवार पुनः बस्नेगरी आजको बैठक सकिएको छ । दुवै अध्यक्षको प्रतिवेदन अध्ययनका लागि स्थायी समिति सदस्यहरूलाई बाँडिएको छ ।