स्थायी समितिमा ओलीको पत्र : खेलको अन्तिमतिर गर्न खोजिएको नियम परिवर्तन नैतिकता र राजनीतिक रुपले गलत मात्रै होइन विभाजनकारी

काठमाडौं । आइतवार बसेको नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहे । आफू अनुपस्थित रहेपछि उनले ईश्वर पोखरेलमार्फत् पत्र पठाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि विभिन्न आरोप लगाएका छन् । पत्रमार्फत् उनले महाधिवेसनबाहिरबाट नेतृत्व र निर्वाचनबाहिरबाट सरकार परिवर्तन गर्न खोज्ने ब्यग्र सत्ता र नेतृत्व मोहले संकट निम्त्याएको बताएका छन् । प्रचण्डको प्रस्ताव निशर्त फिर्ता हुनुपर्ने मागसमेत ओलीले गरेका छन् । प्रचण्डमाथि आरोप लगाउँदै उनले पत्रमा लेखेका छन् – खेलको अन्तिमतिर गर्न खोजिएको नियम परिवर्तन नैतिकता र राजनीतिक रुपले गलत मात्रै होइन विभाजनकारी समेत छ । अन्तरिम हैसियतमा बनेका पार्टी संरचनाहरू महाधिवेशनसम्म सहमतिका आधारमा चल्नुपर्ने ओलीको भनाइ छ । आगामी महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको पनि ओलीले पत्रमा उल्लेख गरेका छन् । ‘पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस संकटले सकारात्मक निकास पायोस् भन्ने मेरो प्रयास छ,’ ओलीले पत्रमार्फत् भनेका छन् । स्थायी समिति बैठकमा ओलीकाे पत्र
ताजा अपडेट
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
-
ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान
-
रूसी सुन आयातमा प्रतिबन्ध लगाउने जी–७ राष्ट्रको घोषणा
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया