NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आजका ‘गुड न्युज’ : सरकारले थाल्यो फाइभ जी भित्र्याउने तयारी

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीति, अपराध, दुर्घटना लगायतका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान आगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् ।नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । – सरकारले थाल्यो फाइभ जी भित्र्याउने तयारी सरकारले फाइभजी प्रविधिलाई नेपाल भित्र्याउने तयारी सुरु गरेको छ । यसको लागि आवश्यक पर्ने फ्रिक्वेन्सी सिफारिस गरिएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले फाइभजीका लागि फ्रिक्वेन्सी सिफारिस गरेको हो । प्राधिकरणले जनाए अनुसार समितिले फाइभजी सञ्चालनका लागि न्यून ब्यान्डअन्तर्गतका ७ सय, ९ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज र मध्यम ब्यान्डका ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहर्ज र उच्च ब्यान्डको २६ मेगाहर्ज ब्याण्ड सिफारिस गरेको छ । – २४ घण्टामै कोरोना निको हुने औषधि पत्ता लगाएको वैज्ञानिकहरूको दावी कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेका बेला २४ घण्टामै कोरोना संक्रमण निको हुने एन्टी भाइरल औषधी पत्ता लगाएको दावी वैज्ञानिकहरूले गरेका छन् । इन्फ्लुएञ्जा विरूद्ध शक्तिशाली मानिएको ‘मोलुनपीरभीर’ नामक औषधिको प्रयोगले कोरोना भाइरसको संक्रमण पूर्णतया निको पार्न सकिने दावी वैज्ञानिकहरूको छ । एमके ४४८२ र ईआईडिडि–२८०१ भनिने ‘मोलनुपीरभीर’ औषधी जर्जिया स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको एउटा टिमले तयार पारेको हो । – कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढी पछिल्लो समय कोरोना संक्रमणको दर घटेको सरकारको तथ्यांकबाट देखिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सोही अवधिमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या एक हजार सात सय ५२ पुगेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको मन्त्रालयले जनाएको छ । अद्यावधिक तथ्यांक अनुसार नेपालमा कोरोना भाइरस संक्रमित हुनेको कुल संख्या २४ लाख नौ हजार ८१ पुगेको छ । त्यस्तै निको हुनेको संख्या २२ लाख ५ हजार ५ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा तीन सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १७ छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ९४ पुगेको छ । – सबै एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउनेअब सबै एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश जारी गरेसँगै सबै एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको हो । यअसघि ६० वर्ष उमेर पुगेका एकल महिलाले मात्र समाजिक सुरक्षा भत्ता पाउने व्यवस्था थियो ।यो अध्यादेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।