कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही गरिने

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् । उनले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारवाही गरिनेसमेत बताए । ‘कोभिड–१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी सूचनामा भनिएको छ, ‘कोभिड–१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न/नगराउन अनुरोध छ ।’
ताजा अपडेट
-
नेपाललाई दक्षिण एशियामा शिक्षाको हब बनाउन सकिन्छ ?
-
नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ
-
बञ्चरेडाँडामा फोहर व्यवस्थापनमा भइरहेको अवरोध अन्त्यका लागि ३ बुँदे सहमति
-
पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना
-
मुख्यमन्त्री केजरीवालले सुरु गरेको ‘भारतलाई पहिलो बनाऔँ’ अभियान के हो ?
प्रतिक्रिया