NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

विवाह बन्धनमा बाँधिए रमेश प्रसाईं

काठमाडौं । हिजोआज सामाजिक सञ्जालमा आफ्नो वाककलाका कारण चर्चित वक्ता रमेश प्रसाईले विवाह गरेका छन् । प्रसाईं कालिकोटस्थित डिल्लीकोटकी नन्दा सिंहसँग सोमबार विवाह बन्धनमा बाँधिएका हुन् । प्रेम सम्बन्धमा रहेका प्रसाईं र नन्दाले धरानमा विवाह गरेका हुन् । नन्दा समाजसेवी हुन् । बालगृह सञ्चालन गरिरहेकी नन्दाले काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ सञ्चालन गर्दै आएकी छिन् । प्रसाईद्वारा गाइएको ‘रिंकिबुङको’ बोलको गीत यतिबेला चर्चित छ । पछिल्लो समय उनले एक कुशल वक्ताको छवि बनाएका छन् । आफ्नो वाककलाकै कारण हजारौं अनुयायी बनाएका प्रसाई ताप्लेजुङमा जन्मिएका हुन् ।