NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

दुई वर्षपछि फेरि जुट्दै साझा र विवेकशील

काठमाडौं । अन्य पार्टी जस्तै टुटफुटको श्रृखला खेपेका नयाँ पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ । आगामी २४ मंसिरमा (बुधबार) दुई दलबीच एकीकरण घोषणा हुन लागेको हो । २०७४ साउन ११ मा उज्ववल थापा नेतृत्वको विवेकशील नेपाली दल र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भई विवेशकील साझा पार्टी बनेको थियो । तर, २७ पुस २०७५ मा यी दुई दल फुटेका थिए । नयाँ पार्टीमा अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डे हुने भएका छन् । २६ सचिवालय सदस्य रहने नयाँ दलमा दुवै दलबाट ६५६५ जना केन्द्रीय सदस्य हुनेछन् । फुटको झण्डै दुई वर्षपछि नयाँ शक्तिका रुपमा हेरिएका यी दुई दल जुटन् लागेका हुन् । ‘हामी एक हुँदैछौँ। विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथ र सहयोगले ‘विवेकशील साझा पार्टी’लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउँछौँ भन्नेमा हामी विश्वस्त छौँ’ मिश्रले सामाजिक संजालमा लेखेका छन्, ‘हामी केवल ‘अस्तित्व’मा रहन होइन, ‘नेतृत्व’मा पुगेर यो देशमा सुशासन, संवृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौँ। एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौँ।’ कार्यक्रम दुवै पार्टी र नेताहरुको फेसबुक पेजबाट लाइभ प्रसारण हुने उनले जनाएका छन् ।