NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या

काठमाडाैं । मोरङको मिक्लाजुङ गाउँपालिकामा एक शिक्षक हत्या भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गोली हानी शिक्षकको हत्या गरिएको आशंका गरिएको छ । विप्लव समूहका कार्यकर्ताले बिहानै शिक्षककाे अपहरण गरेर ज‌ंगलतिर लगेका थिए । मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको हो । हत्याको कारण भने खुल्न सकेको छैन । अहिले मोरङ जिल्ला प्रहरीको एक टोली र मोरङ कै उर्लाबारीमा रहेको प्रहरीको अर्को टोली घटनास्थलतर्फ गइरहेको छ । प्रदेश १ प्रहरीका प्रवक्ता रवीन्द्रकुमार कार्कीले अहिले ति दुवै प्रहरी टोली घटनास्थल पुग्ने क्रममा रहेको र अनुसन्धानपछि मात्रै घटनाबारे भन्न सकिने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष