NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

८६ सेन्टिमिटरले बढेपछि सगरमाथाको नयाँ उचाइ अब ८८४८.८६ मिटर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ । यस अघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो । नेपालले गरेको मापनमा सगरमाथाको उचाइ पहिलेको भन्दा ८६ सेन्टिमिटरले बढेको हो । अब नयाँ उचाइ ८८४८.८६ पुगेको छ । नेपालले यस अघि नै सगरमाथाको उचाइ नापिसकेको थियो । यसमा चीनले पनि संयुक्त रुपमा नयाँ उचाइ सार्वजनिक गर्न आग्रह गरेपछि दुवै देशको सहमतिमा नयाँ उचाई सार्वजनिक भएको हो । चीनले पनि मापन गर्दा उचाइ नेपालले गरेजतिकै मापन गरेकाे छ । पहिले चीन र नेपालको परराष्ट्र मन्त्रालयबीच भिडियो कन्फ्रेन्स भएपछि नापी विभागले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । याे पनि पढ्नुस् ८८७२ मिटरसम्म नापिएको थियो सगरमाथाको उचाइ