सडकबाट बालुवाटारमा छिर्याे राजतन्त्र र हिन्दु राष्ट्र ल्याउने एजेण्डा

काठमाडौं । पछिल्लो समय सरकारका काम गराईप्रति चरम वितृष्णा हुँदा राजतन्त्र पक्षधरहरुले नियमित रुपमा सडकमा आन्दोलन गरिरहेका छन् । तर, देशका विभिन्न मुख्य सहरमा भइरहेको राजतन्त्र र हिन्दुराष्ट्रकाे माग कार्यकारी प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पुगेको छ । मंगलबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा राजतन्त्र समर्थक दल राप्रपाले यो विषयलाई उठाएको हो । ‘राप्रपाको तर्फबाट हामीले प्रष्ट रुपमा के भन्यौ भने संविधान बनाउँदाको चौथो दल हामी नै थियौं । कांग्रेस, तत्कालीन एमाले, माओवादी र राप्रपा थिए । हामी अहिले पनि त्यो संविधानप्रति हाम्रो समर्थन छ । अहिले देखिएका कुरामा सडकमा आन्दोलन भएको कुारमा हाम्रो पूर्ण रुपमा नैतिक समर्थन छ भन्यौ’ राप्रपाका नेता दिपक बोहोराले बैठकपछि भने, ‘यसको समाधान के त भन्दा संविधानभित्रै हिन्दु राज्यको स्थापना गर्न सकिन्छ । राजालाई पनि लोकतान्त्रिक, संसदको मातहत राखेर अगाडि बढ्न सकिन्छ की भनेर विकल्प दियौं । तर मूलभूत रुपमा यो संविधानलाई मानेर अगाडि बढेका छौं भनेका छौं । यसरी सर्वदलीय बैठक राखेर राजासहितको लोकतन्त्र र हिन्दु् राष्ट्रको विषयमा निर्णय लियौं भनेर कुरा राखेपछि कुनै दलबाट पनि जवाफ आएन ।’ सडक आन्दोलनबारे सर्वदलीय बैकठमा नेकपा, कांग्रेस सहितका दलबाट धारणा आएको उनले बताए । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि अनावश्यक दबाब दिने समय नभएको भन्दै व्यवस्थाविरोधी गतिविधि गर्नेविरुद लोकतान्त्रिक शक्ति एक भएर अघि बढ्नुपर्ने भन्दै साथ दिन आग्रह गरेका थिए । ‘उहाँहरुको धारणा थियो । कसैको प्रायोजित थियो की भन्ने थियो । तर, हामीले यो स्वतस्फूर्त रुपमा भएको हो भन्यौं’ बोहोराले भने, ‘निक्यौंल गर्न सर्वदलीय बैठक गरौं भन्ने माग गर्यौं । आन्दोलन रोक्नुपर्छ वा रोक्नु हुँदैन भन्ने कुनै दलबाट पनि कुरा आएन । तर, आन्दोलनबारे चासो र जिज्ञासा भने सबै पार्टीको थियो ।’ सडकमा भइरहेको राजतन्त्र समर्थकको आन्दोलनलाई आफूहरुको नैतिक समर्थन रहेको बोहाेराले बताए । बैठकमा नेकपाको झगडाले जनतामा निराशा छाएको, राष्ट्रपतिको गरिमालाई घटाएको भनेर कुरा राखे पनि सत्तारुढ दलले कुनै जवाफ नदिएको उनको भनाई थियो ।
ताजा अपडेट
-
उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि
-
इन्धनमा भारी मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास सबैमा बढ्यो
-
कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी, कति सुरक्षित ?
-
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
-
अब ३५ पालिकाको नतिजा आउन बाँकी
प्रतिक्रिया