NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आजका ‘गुड न्युज’ : सगरमाथाको उचाई बढ्यो

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीति, अपराध, दुर्घटना लगायतका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान आगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । -सगरमाथाको उचाई बढ्यो सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढेको छ । मंगलबार नेपाल र चीनले संयुक्त रुपमा नयाँ उचाई घोषणा गरेका हुन् । यससँगै अब सगरमाथाको नयया उचाई ८८४८.८६ मिटर भएको छ । २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आएका बेलामा दुई देशले एकसाथ उचाई सार्वजनिक गर्ने सहमति भएको थियो । -नेपालको जलविद्युतमा लगानी गर्न रुस इच्छुक नेपालमा जलविद्युत आयोजना निर्माणका लागि रुसले इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नेभिकभ नेतृत्व टोलीले मंगलबार उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो । – सर्वोच्चले रोकिदियो जग्गा कित्ताकाट सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलासले सरकारको निर्णय विरुद्ध दायर भएको रिट जारी हुने फैसला सुनाएको हो । सर्वोच्चको फैसलापछि कित्ताकाट नखुल्ने भएको छ । खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले गत २८ भदौमा रिट दायर गरेका थिए । ०७३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले कृषियोग्य जमिन प्लटिङ हुने क्रम बढेको र जग्गाको खण्डीकरण अत्यधिक भएको भन्दै एउटा कित्ता जग्गा एक आर्थिक वर्षमा एक पटक मात्र टुक्र्याउन पाइने निर्णय गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष