हिंसाबाट जोगाउन किशोरीलाई आत्मरक्षा तालिम

डोटी । समाजमा महिलामाथि घट्ने विभिन्न खाले हिंसाबाट जोगिन दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरेको छ । नगरपालिकाका छ सामुदायिक माध्यमिक विद्यालयका २४० किशोरीलाई उक्त तालिम दिन थालिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । उनले भने, “ बलात्कारलागयतका घटनाबाट जोगिन विभिन्न संस्थाको सहयोगमा तालिम शुरु गरेका छौँ ।” तालिममा तेक्वान्दो सम्बन्धी आधारभूत प्राविधिक सीप र सैद्धान्तिक ज्ञान दिन शुरु गरिएको जिल्ला खेलकूद विकास समिति डोटीका प्रमुख तथा तेक्वाण्दो प्रशिक्षक हर्कबहादुर बोगटीले बताए । “हामीले किशोरीलाई सुरक्षित रहनका लागि तेक्वाण्डोसहितका मासैलआर्टबारे तालीम दिन थालेका छौँ, उक्त सीपले उनीहरुलाई आत्मरक्षा गर्न सहयोग मिल्ने छ ।” उनले भने । कक्षा १० तथा ९ का प्रत्येक विद्यालयबाट ४० लाई उक्त तालिम दिइने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले जानकारी दिइन् ।
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया