NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

घरेलु उद्योगलाई प्रोत्साहित गरौं : नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिंदा आर्थिक विकासको गति कमजोर भएको बताएका छन् । नवप्रवर्तन उद्योगहरुमा पूँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको पनि बताए । साना तथा घरेलु उद्यमीहरुलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने समेत बताए ।कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पु¥याउने विषयमासमेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिए । नवप्रवर्तन उद्योगहरुमा पूँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरुलाई विस्थापित गर्नेतर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उनको भनाई छ । यसबाहेक नागरिकस्तरमा स्वदेशी वस्तुको उपभोग गर्नुपर्छ भन्ने भावना जाग्रित गर्न समेत सरकाररले भूमिका खेल्नुपर्ने बताए । नवप्रवर्तन उद्योगको पूँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य भएको पनि पूर्वप्रधानमन्त्री नेपालको भनाई छ । नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकोले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्धनमा जोड दिनुपर्ने पनि उनको भनाई छ । जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अहिले पनि कृषिमा निर्भर रहेकोले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए । किसानले उत्पादन गरेका सबै वस्तुको बिक्री हुने ज्ञारेन्टी सरकारले लिएमा व्यवसायिक कृषि उत्पादनतर्फ युवाहरुको आकर्षण बढ्ने पनि पूर्वप्रधानमन्त्री नेपालले बताए । यसबाट रोजगारी बढ्न गई देशको अर्थतन्त्रले गति लिने विश्वास उनले व्यक्त गरे ।