NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

राष्ट्र संकटमा पर्दा नेकपामा तमासा : वैद्य

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता, जनतन्त्र र सङ्घीयता सङ्कटमा पर्दै गएको बताएका छन् । पार्टीको पूर्वी ब्यूरोको बैठकमा सहभागी हुन उदयपुर पुगेका नेता वैद्यले क्रान्तिकारी पत्रकार महासङ्घ प्रदेश नं १ को आयोजनामा गाईघाटमा भएको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । ‘जनता कोरोना महामारीमा परेको, तिनको रोजीरोटी गुम्दै गएको, आर्थिक सङ्कट उत्पन्न हुँदै गएको, बेरोजगारी बढ्दै गएको, राष्ट्रियता सङ्कटमा परेको तथा सत्तारुढ दलभित्र विभाजनको अवस्था आउनाले’ निराशा छाएको बताए । अर्को प्रसङ्गमा उनले भारतसँग सीमा विवादमा झुकेर कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान नहुने जनाउँदै आफ्नो भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल र नेपाली जनता एक हुनुपर्नेमा जोड दिए । सबै दलभित्रका सच्चा क्रातिकारी शक्ति एक ठाउँमा आएर अगाडि बढे मात्र वर्तमान समस्याले निकास पाउने र देश स्थायी रुपमा समृद्धितिर जाने धारणा वैद्यको थियो । पार्टी पूर्वी ब्यूरोको बैठक आज नै उदयपुरको सदरमुकाम गाईघाटको सिटीहलमा बस्ने पार्टी प्रदेश नं १ का इञ्चार्ज मीनकुमार राउतले बताए ।