थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो एक दिनमा नेपालमा थप एक हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार दुई सय ४५ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा चार हजार छ सय ३६ जना रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या सात हजार छ सय नौ रहेको छ । क्वारेनटाइनमा रहनेको संख्या पाँच सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ७९ वटा निजी तथा सरकारी प्रयोगशालामार्फत छ हजार दुई सय ८६ जनामा पिसिआर परीक्षण गरिएको थियाे । नेपालमा हालसम्म १८ लाख पाँच हजार नौ सय ७२ जनाको पिसिआर परीक्षण भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई लाख ४४ हजार चार सय ३३ रहेको छ । कोरोना संक्रमणकै कारण देशभर थप १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ सुरु भएयता कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार छ सय ५१ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ३० हजार पाँच सय ३७ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भई मुक्त हुनेको संख्या एक हजार चार सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप पाँच सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडांैमा तीन सय ९३, भक्तपुरमा ३९ तथा ललितपुरमा ७५ रहेको छ ।
ताजा अपडेट
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
-
ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया