विवेकशील साझा पार्टीको घोषणा

काठमाडौं । अन्य पार्टी जस्तै टुटफुटको श्रृखला खेपेका नयाँ पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । बुधबार दुई दलबीच एकीकरण घोषणा भएको हो । एकीकृत पार्टीका नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । चुनाव चिह्यन तराजु राखिएकाे छ । २०७४ साउन ११ मा उज्ववल थापा नेतृत्वको विवेकशील नेपाली दल र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भई विवेशकील साझा पार्टी बनेको थियो । तर, उनीहरु २७ पुस २०७५ फुटे । नेता मिलन पाण्डेले विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण घोषणापत्रमा हस्ताक्षर भएको जानकारी दिए । ‘हामी दुवै दलका नेतृत्वले हिजोका गल्तीहरूका निम्ति माफी माग्दै, आम नागरिकहरूको जीवनमा परिवर्तन ल्याउने पार्टी बनाउने प्रतिबद्धता गर्यौँ।’ नयाँ पार्टीमा अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डे भएका छन् । २६ सचिवालय सदस्य रहने नयाँ दलमा दुवै दलबाट ६५६५ जना गरी १३० केन्द्रीय सदस्य हुनेछन् । पार्टी एकीकरणपछि उनीहरुले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने जनाएका छन् । फुटको झण्डै दुई वर्षपछि नयाँ शक्तिका रुपमा हेरिएका यी दुई दल जुटेका हु्न् । तर, उज्ववल थापा, मुमाराम खनालसहितका नेता यो एकीकरणमा सहभागी भएनन् ।
ताजा अपडेट
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
-
ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान
-
रूसी सुन आयातमा प्रतिबन्ध लगाउने जी–७ राष्ट्रको घोषणा
-
नेकपा एसको प्रथम केन्द्रीय परिषद् बैठक आज
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया