NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरोनाबाट विश्वमा १५ लाख ७८ हजारको मृत्यु, नेपालमा १६६३ मृत्यु

नेपालवाच । नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ४५ हजार छ सय ५० रहेको छ । सक्रिय हाल सक्रिय संक्रमितको संख्या १२ हजार तीन सय ८६ रहेको छ । थप एक हजार दुई सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भई निको हुनेको संख्या एक हजार ६४ रहेको छ । यो संगै नेपालमा हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या दुई लाख ३१ हजार छ सय एक रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १२ पुगेको छ । यससँगै कोरोना संक्रमण भई ज्यान गुमाउनेको संख्या १६ सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७९ वटा निजी तथा सरकारी प्रयोगशालामार्फत नेपालमा सात हजार दुई सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो संगै नेपालमा पिसिआर परीक्षण गराउनेको संख्या १८ लाख १३ हजार दुई सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा रहनेको संख्या सात हजार सात सय २१ रहेको छ । क्वारेन्टाइनमा रहनेको संख्या पाँच सय १५ रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणमा परी आईसीयुमा उपचारारत रहनेको संख्या तीन सय नौ रहेको छ । भेन्टिलेटरमा उपचार गर्नेको संख्या ५७ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप चार सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा दुई सय ४४ पुरुष तथा एक सय ६० महिला रहेका छन् । विश्वमा हालसम्म ६ करोड ९३ लाख ४४ हजार दुई सय ३० जना व्यक्तिहरु कोभिड–१९ संक्रमित भएका छन् । निको हुनेको संख्या चार करोड ८० लाख नौ हजार चार सय ३७ रहेको छ । विश्वमा हालसम्म सक्रिय संक्रमितको संख्या एक करोड ८६ लाख ६८ अजार सात सय ७८ रहेको छ । विश्वमा अहिलेसम्म १५ लाख ७८ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन् ।