प्रदेशसँग १८ हजार स्याउका बिरुवा माग

हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । हुम्लामा व्यावसायिक स्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो । स्याउखेतीको बढी सम्भावना भएका हुम्लाका गाउँपालिकालाई प्रदेश सरकारले बिरुवा माग गर्न परिपत्र गरेपछि सिमकोट गाउँपालिकाले १८ हजार स्याउका बिरुवा माग गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए । स्याउखेती गर्ने किसानको विवरण लिएर प्रदेशसँग ती बिरुवा माग गरिएको हो । अब प्रदेशले बजेट वा बिरुवा के पठाउँछ त्यो खोलिएको छैन । प्रदेश सरकारकाबाट स्याउ वा रकम जे आए पनि व्यावसायिक स्याउ खेती गर्ने किसानलाई सुविधा उपलब्ध हुने भएको उहाँले बताउनुभयो । सिमकोट गाउँपालिकाका आठवटै वडा स्याउखेतीका लागि उपयुक्त भएको र किसानसँग बिरुवा मागका लागि निवेदन माग गरेको उनले बताए । गाउँपालिकाले कम्तीमा १०० बोट स्याउ लगाउने गरी निवेदन दिन किसानसँग आग्रह गरेको थियो । गाउँपालिकाले आफ्नो वार्षिक कार्यक्रमबाट पनि छ हजार स्याउका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया