प्रतितोला ९०० ले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ताजा अपडेट
-
नेपाल टी-ट्वान्टी लिगको टेन्डर खुला
-
स्थापितले भने– हारलाई सामान्य रूपमा लिएको छु, बालेनलाई बधाई
-
गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग
-
चेल्सीकी एम्मा हेस र साम केरले जिते ‘एफए वुमेन्स सुपर लिग’ उपाधि
-
अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू
प्रतिक्रिया