NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सर्वोच्च बारको निर्वाचन सरगर्मी : दुई समूहको प्यानल घोषणा

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनमा चुनावी सरगर्मी बढेको छ । १५ नयाँ कार्यसमितिको लागि सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेस निकट कानुन व्यवसायीहरु प्यानल नै खडा गरेर मैदानमा उत्रिएका छन् । आगामी ४ पुसमा हुने निर्वाचनका लागि सत्तारूढ नेकपा निकट प्रगतिशिल र प्रतिपक्षी कांग्रेस निकट लोकतान्त्रिक समूहले प्यानल नै खडा गरेका छन् । प्रगतिशीलतर्फ वरिष्ठ अधिवक्ता रविनारायण खनाल र लोकतान्त्रिकतर्फ वरिष्ठ अधिवक्ता प्रा. पूर्णमान शाक्यको टिमले प्यानलनै खडा गरी चुनावी मैदानमा उत्रेको छ । सर्वोच्च बारको निर्वाचनलाई नेपाल बार एसोसिएसन पछिको सबैभन्दा महत्वका साथ हेरिन्छ । सर्वोच्चमा बारमा ६ सय पाँच जना मतदाता रहेको निर्वाचन समितिका सदस्य मुरारी सापकोटाले जानकारी दिए । सर्वोच्च अदालतले आवश्यक परेको बेलामा सर्वोच्च बारलाई एमिकस क्युरी (अदालतका सहयोगी) को रुपमा माग गर्ने गरेको छ । वरिष्ठ अधिवक्ताहरूको बर्चश्व रहेको सर्वोच्च बारले २५ जना केन्द्रीय पार्सदहरु (नेपाल बार एसोसिएसनको सल्लाहकार) पनि चयन गर्नेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १५ जना नयाँ कार्यसमितिका लागि चयन हुनेछन् । निर्वाचनमा घात–प्रतिघातको सम्भावना सर्वोच्च बारको निर्वाचनमा घात-प्रतिघातको सम्भावना देखिएको छ । यसअघि नेपाल बारको निर्वाचनमा प्रतिपक्षी कांग्रेस निकट डिएलए सम्वद्ध कानुन व्यवसायीले घात गरेको भन्दै कारबाहीमा परेका थिए । गत नेपाल बारको निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षका प्रत्यासी सुनील पोखरेललाई हराउनका उनी सम्वद्ध संगठनका पूर्व अध्यक्षहरु हरिहर दाहाल, प्रेमबहादुर खड्का लगायत लागि परेको भन्दै कारबाही गरिएको थियो । उनीहरूले नेकपा निकट प्रगतिशील समूहबाट अध्यक्षका तत्कालीन प्रत्याशी चण्डेश्वर श्रेष्ठलाई सघाएको आरोप थियो । पोखरेल अधिवक्ता मात्रै भएको र श्रेष्ठ वरिष्ठ अधिवक्ता भएको भन्दै निर्वाचनमा घात गरेर विपक्षीलाई जिताउने गरी मतदान गरेका थिए । लोकतान्त्रिक समूहक निकट एक कानुन व्यवसायीले भने, ‘संगठनले कारबाही गरेकाले उनीहरुले फेरि घात गर्ने सम्भावना जिवितै छ ।’ यस्तै प्रगतिशील समूहतर्फ पनि घात प्रतिघात हुने सम्भावना रहेको छ । सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोका कारण घात-प्रतिघात सर्वोच्च बारको निर्वाचनमा पनि पर्ने देखिएको छ । नेकपाका दुई अध्यक्षहरु प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोपभाजनमा आफ्ना उम्मेदवार पर्ने देखिएको हो । यसअघि गत २२ कात्तिकमा नेपाल बारले न्याय परिषद्मा पठाउने सदस्यका रुपमा मतदान भएको थियो । त्यतिबेला प्रधामन्त्री ओलीले आफू निकटका अधिवक्ता महेश नेपाललाई पठाउन खोजेका थिए । तर प्रचण्ड र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेका थिए । अन्तिममा नाम टुंगो लाग्न नसकेपछि नेपाल बारका केन्द्रीय कार्यसमितिमा मतदान भएको थियो । सो मतदानबाट प्रचण्ड समूहका श्रेष्ठले १३ मत पाएर निर्वाचित भइ न्याय परिषद्को सदस्य चयन भएका थिए । अहिले पनि सर्वोच्च बारमा ओलीले अधिवक्ता शिव रिजाललाई अध्यक्षको उम्मेदवार बनाउन चाहेका थिए तर प्रचण्ड–नेपाल समूहले वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई उम्मेदवार बनाएका थिए । यसले पनि ओली समूहले निर्वाचनमा घात गर्ने सम्भावना रहेको प्रगतिशील समूहका एक कानुन व्यवसायीले बताए । कार्यकारी पदमा एक्ली महिला उम्मेदवार सर्वोच्च बारको निर्वाचनमा एक मात्रै कार्यकारी पदमा महिला कानुन व्यवसायी उम्मेदवार बनेका छन् । प्रगतिशील समूहबाट सचिवको उम्मेद्वारमा अधिवक्ता अन्जिता खनाल रहेकी छिन् । कतान्त्रिक समूहबाट सचिवको उम्मेदवारमा अधिवक्ता ऋषिराम घिमिरे रहेका छन् । प्रगतिशील र लोकतान्त्रिक समूहबीच नै निर्वाचनमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ । सचिवमा भने खनाललाई महिलाहरुको सान्त्वन्ता मत जाने देखिएको छ । प्रगतिशील तर्फबाट यी हुन् उम्मेदवार अध्यक्ष – वरिष्ठ अधिवक्ता रविनारायण खनालउपाध्यक्ष – अधिवक्ता मुकुन्दप्रसाद पौडेलसचिव – अधिवक्ता अन्जिता खनालकोषाध्यक्ष – अधिवक्ता श्यामकुमार खत्रीसहसचिव – अधिवक्ता शोभा कार्कीमहिला सदस्य – अधिवक्ता देवी रेग्मीसदस्य अधिवक्ता – कृष्णप्रसाद न्यौपानेसदस्य अधिवक्ता – अनन्त कार्कीसदस्य अधिवक्ता – अनन्तराज लुइँटेलसदस्य अधिवक्ता – तिलकविक्रम पाण्डेसदस्य अधिवक्ता – दीपनारायण शाहसदस्य अधिवक्ता – रमेशराज शर्मा सिग्देलसदस्य अधिवक्ता – छविलाल घिमिरेसदस्य अधिवक्ता – लेखनाथ भट्टाईसदस्य अधिवक्ता – दिलकुमारी राई लोकतान्त्रिक समूह तर्फबाट यी हुन् उम्मेदवार अध्यक्ष बरिष्ठ अधिवक्ता – प्रा. पूर्णमान शाक्यउपाध्यक्ष अधिवक्ता – नमराज रिजालसचिव अधिवक्ता – ऋषिराम घिमिरेसहसचिव अधिवक्ता – शर्मिला श्रेष्ठकोषाध्यक्ष अधिवक्ता – विनोदकुमार कार्कीमहिला सदस्य अधिवक्ता – अमिता गौतम पौडेलसदस्य अधिवक्ता – विजय कुमार प्रधानसदस्य अधिवक्ता – ओमकृष्ण श्रेष्ठसदस्य अधिवक्ता – ज्योतिदेव पनेरूसदस्य अधिवक्ता – विकाश शर्मा भट्टराईसदस्य अधिवक्ता – राजेन्द्रप्रसाद साहसदस्य अधिवक्ता – खडानन्द कंडेलसदस्य अधिवक्ता – मिराज श्रेष्ठसदस्य अधिवक्ता – डा. रामहरि त्रिपाठीसदस्य अधिवक्ता – निर्मला भण्डारी