NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

हवाई उडानका लागि भारतले दियो स्वीकृति, एक साताभित्र दिल्ली उडान सुरु हुने

काठमाडौं । नौ महिनापछि भारतसँगको हवाई उडान सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं – दिल्ली उडानका लागि स्वीकृति दिन भारत सहमत भएको छ । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अबको एक साताभित्रै काठमाडौं – दिल्ली उडान सुरु हुनेछ । क्षेत्रीका अनुसार उडान स्वीकृतिका लागि बिहीवार भारतले पत्र पठाएको हो । दुई मुलुकबीच भएको सहमति अनुसार अब एयर इन्डिया र नेपाल एयरलाइन्सले उडान तालिका पेस गरेपछि उडान सुरु हुनेछ । भारतले दशैंअघि नै एयर बबल अन्तर्गत उडानका लागि प्रस्ताव गर्दा नेपालले स्वीकार गरेको थिएन । गत १० मंसिरको मन्त्रीपरिषद्को निर्णयले उक्त अवधारणालाई स्वीकार गरेसँगै परराष्ट्र मन्त्रालयले भारतको उड्डयन प्राधिकरणलाई पत्र पठाएको थियो । भारतले आफ्नो तर्फबाट सरकारी एयरलाइन्स एयर इन्डिया तोकेको छ भने नेपालको तर्फबाट नेपाल एयरलाइन्सले उडान गर्नेछ । हवाई यात्रा गर्नका लागि यात्रुले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट पेस गर्नुपर्ने सहमतिमा उल्लेख छ । एयर इन्डिया र नेपाल एयरलाइन्सले दैनिक एक—एक उडान गर्नेछन् ।