NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सूर्योदयसँगैको टौदह, थप आकर्षक र मोहक बन्दैछ (भिडियो रिपोर्ट)

काठमाडौँ । काठमाडौँको दक्षिणी भेगमा रहेको टौदह उपत्यकाबाट नजिकको सुन्दर गन्तव्यको रुपमा विकास भइरहेको छ । छोटो समयमा राजधानीको कोलाहलबाट मुक्त हुन टौदह उपयुत्त गन्तव्यमध्येको एक हो । चराचुरुङ्गीको चीरबीर, ‘टौदह ताल’ को सुन्दरता, त्यहाँभित्र माछाको लुकामारी र विभिन्न थरीका चराको उपस्थितीले यस ठाउँलाई मनोरम बनाइरहेको हुन्छ । हाँस तथा विभिन्न चराको आहार बन्नबाट भागीरहेका माछा र आहारको रुपमा माछा पछ्याइरहेका विभिन्न चराहरुको भागदौडले टौदहलाई थप जिवन्त बनाइरहेको हुन्छ । सूर्योदयसँगै टौदह थप आकर्षक र मोहक देखिन्छ । https://www.youtube.com/watch?v=ITRzXuxPewc यहाँ विभिन्न देशबाट चराहरु बसाईसरेर यहाँ आइपुग्छन् । यस्ता आगन्तुक तथा स्थानीय चराहरूको डुबुल्कीले टौदहको सुन्दरतामा थप निखार ल्याउँछ । यो बाहेक टौदह धार्मिक आस्थाको केन्द्र पनि हो । टौदह नागहरूका राजा कर्कोटक नागको बासस्थान रहेको किवंदन्ती छ । भिडियो : अनिल लिम्बु, सम्पादन : शालिक भट्ट