म्याग्दीमा स्वास्थ्य जाँच गर्न सुत्केरीको घरमै पुग्छन्, चिकित्सक

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका छ वटै स्थानीय तहमा प्रसूतिपछि सबै सुत्केरीको घरमै पुगेर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । स्वास्थ्य जाँचका लागि सुत्केरीले घण्टौ हिडेर स्वास्थ्यचौकी पुग्नुपर्ने कठिनाइ अन्त्य गर्न स्वास्थ्य कार्यालय म्याग्दीले यस्तो निर्णय गरेकाे हाे । यस्तो अभियानले महिलाको प्रजनन अधिकारका बारेमा सचेतना फैलाउनुका साथै गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न सघाउने विस्वास लिएको छ । अभियानलाई प्रभावकारी बनाउन छवटै स्थानीय तहका स्वास्थ्य संयोजकलगायत जिल्लाका ३९ वटै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । यस अभियानले विशेषगरी दुर्गम क्षेत्रका महिलालाई धेरै सहज हुने अभिमुखीकरण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । प्रजिअ अधिकारीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रहसमेत गरेका छन् ।
ताजा अपडेट
-
उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि
-
इन्धनमा भारी मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास सबैमा बढ्यो
-
कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी, कति सुरक्षित ?
-
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
-
अब ३५ पालिकाको नतिजा आउन बाँकी
प्रतिक्रिया