NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

दीप बस्न्यातको पक्षमा शम्भु थापा र रमन श्रेष्ठ विशेष अदालतमा बहस गर्दै

काठमाडौँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराएको अभियोगमा बिशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको बयान चलिरहेको छ । आरोपित बस्न्यातले आफ्नो तर्फबाट बहस गराउन वरिष्ठ वकिलहरुको सहारा लिएका छन् । उनको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमनकुमार श्रेष्ठ लगायतका कानुन व्यवसायीहरुले वकालत गर्दैछन् । थापा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने श्रेष्ठ बारकै पूर्व महासचिव तथा पूर्व महान्यायाधीवक्तासमेत हुन् । आफु विरुद्ध मुद्दा दर्ता भएको १० महिनापछि बस्न्यात बरिष्ठ वकिलहरुको साथमा अदालतमा बयानका लागि उपस्थित भएका हुन् । अख्तियारले सरकारी जग्गा हिनामिना गरेको भन्दै बस्न्यातसहित १७५ जनाविरुद्ध गत २२ माघ ०७६ मा विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले बस्न्यातसँग मात्र ९ करोड ६५ लाख बिगो मागदावी गरेको छ । उनको बयान न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले लिइरहेका छन् । यस्तै सोही मुद्दाका प्रतिवादी कांग्रेस उपसभापति विजयकुमार गच्छदार लागतय भने अझै बयानका लागि अदालतमा उपस्थित भएका छैनन् । उनीसहित सबै अभियुक्तको घरमा म्याद भने तामेल भइसकेको प्रवक्ता पाण्डेयले बताए ।