NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बागमती प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा माथि

काठमाडौ । बागमती प्रदेशभित्र बसोबास गर्ने नेपालीहरुको औसत आय राष्ट्रिय भन्दा बढी देखिएको छ । स्तरोन्नतिको मापदण्डलाई आधार मानेर प्रदेशस्तरको तुलना गर्दा वाग्मती प्रदेश सबैभन्दा अगाडी देखिएको हो । अरु प्रदेशहरु औसतभन्दा पछाडि देखिएका छन् । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन, २०२० मा यस्तो तथ्यांक आएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले आज संयुक्तरुपमा उक्त प्रतिवेदन सार्वजनिक गरेका छन् । प्रतिवेदन अनुसार आयको तुलनतामा प्रदेशबीच मानव सम्पत्तिमा भिन्नता रहेको छ । प्रदेश नं २ मानव सम्पत्ति निर्माणमा सबैभन्दा पछाडि रहेको छ । प्रतिवेदनले नेपालको ग्रामीण र शहरी क्षेत्र तथा प्रदेशबीच मानव विकासमा असमानता देखाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष