NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

नारायणकाजीको बचाउमा उत्रिए प्रचण्ड – पार्टी प्रवक्तालाई अनावश्यक विवादमा मुछियो

https://www.youtube.com/watch?v=WfHE6mSj8-4&feature=youtu.be&fbclid=IwAR33NPZCMJ6O13NAZFq3YyzFxr7qiqxUYG2LeMl7tp-U2lN67FgR3Yh7FcM काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक विवादमा तान्ने प्रयास गरिएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । श्रेष्ठ पछिल्लो समय एक जलविद्युत कम्पनी याम्बालिङ हाइड्रोपावर प्रालिको सेयर विवादमा तानिएका छन् । नेकपाका दिवंगत केन्द्रिय सदस्य कमानसिंह लामासँगको सेयर कारोबारमा श्रेष्ठको संलग्नता देखिएको विषयले श्रेष्ठ विवादित छन् । श्रेष्ठले लामाको सेयरबापतको रकम हिनामिना गरेको आरोप लामा परिवारको आरोप छ । आजको स्थायी समितिको बैठकमा प्रचण्डले पार्टी प्रवक्तालाई अनावश्यक रुपमा विवादमा तानेर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको बैठकपछि श्रेष्ठले जानकारी दिए । ‘पार्टी प्रवक्तालाई अनावश्यक विवादमा मुछेर प्रचार गरिएको छ, यस्तो कुप्रचारको भ्रममा नपर्न म अनुरोध गर्दछु ।’ बैठकमा प्रचण्डको भनाइ उदृध गर्दै श्रेष्ठले भने । ‘मैले कमरेड लामा र सम्बन्धित हाइड्रोपावरका व्यक्तिलाई सँगै राखेर कुरा गरेको हो र प्रवक्ताले पनि सँगैको साथी भएकाले मिल्नुसमात्र भन्नुभएको हो, यसबाहेक अरु कुरा भएको छैन ।’ बैठकमा प्रचण्डले भनेको उदृध गर्दै श्रेष्ठले भने । सचिवालय स्रोतका अनुसार श्रेष्ठले आफूले विवाद मिलाउने भूमिका मात्रै निभाएकाले अनावश्यक प्रचार गरिएको र त्यो भ्रममा नपर्न भन्दै अन्य नेताहरूलाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष