NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जिउँदै मान्छेलाई इँटाभट्टामा पोल्ने अभियुक्त आलमलाई अदालतले पठायो थुनामा

काठमाडाैं । रौतहट जिल्ला अदालतलले कांग्रेस नेता मोहम्मद अफताब आलमका भाइ मोहमद मोहताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश मणीराम न्यौपानेको इजलासबाट थुनामै राखेर मुद्दा पुर्पक्ष गराउन आदेश दिएको अदालतका श्रेस्तेदार शुशीलकुमार यादवले बताए । लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको थियो । उनीमाथि जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेको अभियोग छ । उनको मुद्दामा दुई दिनदेखि बहस चलिरहेको थियो । उनले आफ्नो पक्षमा बहस गर्नका लागि आधा दर्जन कानुन व्यवसायी नै राखेका थिए । उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी तीन वटा कसुरमा सजाय मागदावी गरि मुद्दा दायर गरिएको थियो । सोही अभियोगमा उनका दाई मोहम्मद अफताब आलम सोही अदालतको आदेशमा काठमाडौंको नक्खु कारागार थुनामा छन् ।