NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नारायणकाजीको बचाउमा स्थायी समिति बैठकमा यसो भने प्रचण्डले

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक विवादमा तान्ने प्रयास गरिएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । श्रेष्ठ पछिल्लो समय एक जलविद्युत कम्पनी याम्बालिङ हाइड्रोपावर प्रालिको सेयर विवादमा तानिएका छन् । नेकपाका दिवंगत केन्द्रिय सदस्य कमानसिंह लामासँगको सेयर कारोबारमा श्रेष्ठको संलग्नता देखिएको विषयले श्रेष्ठ विवादित छन् । श्रेष्ठले लामाको सेयरबापतको रकम हिनामिना गरेको आरोप लामा परिवारको आरोप छ । यही विषयलाई लिएर अहिले राजनीति दुई खेमामा विभाजित छ । कतिपयले यसलाई लिएर राजनीतिक दलको नेतृत्व तहमा हुने गरेको भ्रष्टाचार र ढोंगलाई औंल्याएका छन् भने अर्को पक्ष यसको बचाउमा छ । यसैबीच आइतवारको स्याथी समिति बैठकमा प्रचण्डले भने नारायणकाजीको खुलेर बचाउ गरे । उनले नारायणकाजीलाई अनावश्यक विवादमा तानेर कुप्रचार गरिएको भन्दै श्रेष्ठको बचाउ गरे । स्थायी समिति बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा नारायणकाजीको बचाउमा प्रचण्डले झण्डै १० मिनेट खर्चेका थिए । नारायणकाजीका पक्षमा प्रचण्डको बचाउ अभिव्यक्ति : २०३८ सालमा पार्टीको युवा संघको अध्यक्ष हुँदा कमानशिंह लामा केन्द्रीय सदस्य थिए । उनी कलाकारीतामा पनि काम गरेका हक्की स्वभावका मान्छे हुन् । मैले सुसन कर्माचार्यलाई पनि चिनेको छु । सुसन हाम्रो नरबहादुर कर्मचार्यकी भतिजि हुन् । जनयुद्ध सुरु हुनुभन्दा पाँच/सात वर्ष अघि नरबहादुर कर्मचार्यको संरक्षणमा म उनकै घरमा बसेको थिएँ । त्यतिबेला सुसन सानी बच्च थिइन् । एकदम ‘ट्यालेन्ट’ र अहिले पनि त्यस्तै छिन् । ठुला ठुला व्यापार/व्यवसाय गर्न सक्ने, व्यवस्थापन गर्न माहिर छिन् । जलविद्युतबारे देखिएको विवाद समाधान गरिदिनुपर्याे भनेर दुई पटक उनीहरू मेरो घर आएका थिए । यो विवाद खासै ठूलो होइन । जम्मा ५५ लाखको कुरा हो । यहाँ कार्यालयमा पनि केपी ओलीसहित हामी दुवै अध्यक्षलाई कमानसिङले निवेदन दिनुभाछ । आज सुसनलाई प्रधानमन्त्रिले भेट्ने कुरा गरिराख्नुभएको छ । अब समस्या समाधान होला । आजकालका मिडियाहरुले केके लख्छन् । नारायणकाजी यसमा दोषी हुनुहुन्न । कोही पनि भ्रममा नपर्न म अनुरोध गर्छु