NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आजका ‘गुड न्युज’ : काठमाडौं–दिल्ली उडानको बुकिङ खुल्यो

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीति, अपराध, दुर्घटना लगायतका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । आजका गुड न्यूज : – काठमाडौँ–दिल्ली उडानको बुकिङ खुल्यो, पुस २ बाट उडान हुने कोभिड–१९ महामारीका कारण रोकिएको नेपाल–भारत उडान आगामी पुस २ गतेदेखि सञ्चालनमा आउने भएको छ । भारतले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप हालको लागि काठमाडौं–नयाँदिल्ली उडान मात्र हुनेछ । नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । रतीय एयरलाइन्सले पनि आइबारदेखि काठमाडौँ उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ । – अब नेपाल आउने पर्यटकलाई भिसा सहज सरकारले नेपाल आउने पर्यटकका लागि भिसा प्रक्रिया सहज बनाएको छ । यसअघि भिसा प्रक्रियाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेतको अनिवार्य स्वीकृति लिनुपर्नेमा अब विदेशस्थित नियोगहरूबाटै भिसा लिन सकिने भएको छ । ७२ घन्टाको पिसिआर रिपोर्ट र सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै अध्यागमन विभागले भिसा प्रक्रिया सहज गराएको हो । अब विभागले नेपाल आउने विदेशी नागरिकका हकमा नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत विदेशी नागरिक तथा तिनका परिवारका सदस्य र नेपाली मुलका गैर आवासीय नेपालीलाई आगमन स्वीकृती (अनअराइभल भिसा) दिने भएको छ । त्यस्तैगरी विदेशस्थित नेपाली नियोगबाट जाारी हुँदै आएको पर्यटक भिसा पनि पूर्ण रुपमा खुलाइएको छ । – बागमती प्रदेशको प्रतिव्यक्ति आय राष्ट्रिय औसतभन्दा माथि बागमती प्रदेशभित्र बसोबास गर्ने नेपालीको औसत आय राष्ट्रिय भन्दा बढी देखिएको छ । स्तरोन्नतिको मापदण्डलाई आधार मानेर प्रदेशस्तरको तुलना गर्दा बाग्मती प्रदेश सबैभन्दा अगाडी देखिएको हो । अरु प्रदेशहरू औसतभन्दा पछाडि देखिएका छन् । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन, २०२० मा यस्तो तथ्यांक आएको हो ।