NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अदालत जान वरिष्ठ वकिलको साथ खोज्दै गच्छदार

काठमाडौँ । आइतबार बिशेष अदालतको आदेशले बस्न्यात थुनामा गएसँगै तत्कालिन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार झस्किएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान विभागले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारलाई समेत मुख्य अभियुक्तका रुपमा मुद्धा दायर गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयका तत्कालिन सचिव बस्न्यातले बालुवाटारको सरकारी जग्गा हिनामिना हुनेगरि मन्त्रिपरिषदमा पठाउने प्रस्ताव तयार गर्दा गच्छदार विभागिय मन्त्री थिए । उक्त प्रस्ताव स्वीकृत गरि मन्त्रिपरिषदमा निर्णयका लागि गच्छदारले बोकेर गएका थिए । आफु अन्तरगतको सचिवलाई थुनामा पठाउने अदालतको आदेशले गच्छदार झस्किएका छन् । केहि कानूनविद्हरुले एउटै निर्णयमा हस्ताक्षर गर्ने सचिव थुनामा जाने, मन्त्रीले उन्मूक्ति पाउने सम्भावना निकै कमजोर रहेको तर्क गरेका छन् । बस्न्यातमाथिको फैसलासँगै गच्छदार आफ्नो पक्षमा सशक्त ढंगले बहस गर्न सक्ने वकिलको खोजीमा छन् । नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष सम्भु थापा र बारकै पूर्वमहासचिव तथा पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ जस्ता वरिष्ठ अधिवक्ताले आफ्नो पक्षमा बहस गरे पनि बस्न्यातका लागि भने परिणाम सुखद् भएन । याे पनि पढ्नुस् बस्न्यात थुनामा जाँदा गच्छदार झस्किए कांग्रेस उप–सभापति गच्छदारको सबै सम्पत्ति रोक्का बालुवाटार जग्गा हिनामिना : बस्न्यातलाई थुनामा पठाउने अदालतको आदेश (भिडियो सहित)