ओली सरकारविरुद्ध देशैभर कांग्रेसको प्रदर्शन [फोटोफिचर]

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेको छ । तनहुँमा आफ्ना नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएपछि कांग्रेसले योसहितको विरोधमा आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिरहेको छ । कांग्रेसले यो सरकार बनेदेखि सरकार भ्रष्टाचार बढेको, सरकारले निषेधको राजनीति अघि बढाएको, राष्ट्रपतिको भूमिका अस्वभाविक बढेको, कोभिडविरुद्ध प्रभावकारी काम गर्न नसकेको, जनतलाई राहत दिन नसकेको जस्ता आरोप लगाउँदै सरकारलाई खबरदारी गर्न लागेको हो । विरोध प्रदर्शनका लागि सिनियर नेताहरु पनि जिल्लाजिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुरको हेटौडामा पुगेका छन् । नेता रामचन्द्र पौडेल काठमाडौंमा हुने विरोधसभामा सहभागी छन् । अरु सिनियर नेताहरु पनि जिल्लाजिल्ला पुगेका छन् । सबै जिल्लामा हजारौंको र्यालीसहित विरोधसभामा कांग्रेस उत्रिएको हो । कोरोनाको महामारीकोबीच देशभरका विरोध र प्रदर्शनमा १० लाखभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने दाबी दाबी कांग्रेसले गरेको छ ।
ताजा अपडेट
-
वैदेशिक रोजगारीलाई युरोप डाइभर्ट गर्ने तयारी, मागपत्र निर्देशिका संशोधन गरिँदै
-
आफ्नै महिला कर्मचारीमाथि एसएसपीले गरे यौन दुर्व्यवहार
-
नागरिकता विधेयकमा आदेश नै आदेश
-
ऐनविपरीत मारुती सिमेन्टलाई चुनढुंगा उत्खनन गर्न राष्ट्रिय वन क्षेत्रको हजार रोपनी जग्गा
-
कसिलो औँठी लगाउनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
प्रतिक्रिया