NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

देशभरबाट कांग्रेसकाे एकस्वर : भ्रष्टाचारको केन्द्र बालुवाटार

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशैभर सरकारविरुद्ध प्रदर्शन गर्‌याे । मुख्य गरी नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटन गर्न जाँदा प्रहरीले तीन घण्टासम्म नियन्त्रणमा लिएपछि कांग्रेस सरकारविरुद्ध आक्रामक भएर प्रस्तुत भएको हो । सरकारले निषेधको राजनीति गरेको भन्दै कांग्रेसले यो अरु विषय पनि थपेर सरकारको विरोध गरेको छ । देशभरका ७७ वटै जिल्लामा नेताहरुले सरकार स्वेच्छाचारीमात्रै होइन भ्रष्टाचारमा डुबेको आरोप लगाए । सबै खालका भ्रष्टाचारको केन्द्र बालुवाटार र यसका संरक्षक प्रधानमन्त्री भएको आरोप कांग्रेस नेताहरुको छ । सभापति शेरबहादुर देउवादेखि युवा नेता गगन थापासम्मले सरकारकै कारण नागरिकमा नैराश्यता बढेको, राजावादीहरु सल्बलाएको आरोप लगाए । यो सरकार बनेदेखि भ्रष्टाचार बढेको, सरकारले निषेधको राजनीति अघि बढाएको, राष्ट्रपतिको भूमिका अस्वभाविक बढेको, कोभिडविरुद्ध प्रभावकारी काम गर्न नसकेको, जनतालाई राहत दिन नसकेको जस्ता आरोप लगाउँदै उनीहरु खबरदारीमा उत्रिएका हुन् । राजा आउ देश बचाउको नारा ओलीका कारण लाग्योशेरबहादुर देउवा, हेटौडामा अहिले सडकमा ‘राजा आउ देश बचाउ’ भनेर नारा लागेका छन् । यसरी नारा लाग्नुमा कम्युनिष्ट सरकारकै हात छ । प्रधानमन्त्री केपी ओलीका नै यसका लागि जिम्मेवार छन् । कम्युनिष्ट सरकारबाट आजित भएपछि यसरी सडकमा नारा लागेको छ । तर, सडकमा नारा लाग्दैमा राजा आउँदैनन् । हो हामीले हिजो राजाहरुलाई मानेका हौं । ल्याएका पनि हौं तर, राजाहरुले प्रजातन्त्र सहेनन् । अब सडकमा केहीले नारा लगाए भन्दैमा उनीहरुको फेरि आउने सम्भवना छैन । राजा आउ देश बचाउ भन्नेहरु ओलीकै कारण सिर्जना भएपनि राजा आउने सम्भावना छैन । राजा आउ देश बचाउ भन्नेलाई म भन्न चाहन्छु । राजालाई मैंले प्रजातन्त्रको खिलाफ जान्न अरु जे गर्न तयार छु भनेकै हुँ । तर, राजा ज्ञानेन्द्रले मलाई जेल हाले । तर, स्वतन्त्र अदालतले छोड्यो । अहिले त अदालताई समेत निष्पक्ष हुन दिइरहेको छैन । त्यसैले हामी न्यायपालिकालाई निष्पक्ष बनाउन पनि दबाब दिन उभिएका छौं । कोरोनाको महामारीमा पनि पनि घुस खाने, भ्रष्टाचार गर्ने सरकार छ । कम्युनिष्टको सरकार बनेपछि बलात्करको घटना बढेका छन् । कञ्चनपुरमा बलात्करपछि हत्या भएकी निर्मला पन्तले अहिलेसम्म न्याय पाएकी छैनन् । पन्तको बलात्कारपछि हत्यामा कोही पनि नपक्डिनु भनेको यिनै कम्युनिष्ट पार्टीहरुको संलग्नता त छैन ? भन्ने देखिएकाे छ । होइन भने किन पक्राउ गरिरहेको छैनन् ? मैंले पहिले पनि कम्युनिष्ट आए बोल्न मात्रै होइन रुन पनि पाइदैन भनेको थिएँ । कम्युनिष्ट सरकारले किन रोएको भनेर जेल हाल्न पनि बेर छैन । प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्टरामचन्द्र पौडेल, काठमाडौंमा यो सरकारको भ्रष्टाचारको कथा भनीसाध्य छैन । वाइडबडी, न्यारो बडी, गोकर्णको जग्गादेखि ओम्नीसम्मका भ्रष्टाचारका कथा सारा मिडियाले दिइरहेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले भनिसक्यो यो सरकार कति भ्रष्ट छ भनेर । सरकारमा पनि प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट भएको भनेको छ । सरकार सर्वसत्तावादतर्फ गइरहेको विभिन्न निकायका अधिकार प्रधानमन्त्रीले केन्द्रीकरण गर्ने, स्थानीय तह र प्रदेशका अधिकार केन्द्रले खोस्ने कामले देखाउँछ । प्रदेशले केन्द्रसँग मुद्दा लड्नुपर्ने अवस्था आउनु भनेको चानेचुने विषय होइन । तनहुँमा एउटा पुल बनाउन दिएनन् । नेकपाका इशारामा उनकै कार्यकर्ताले यसरी निशेष गर्छन् भने मुगु र हुम्लामा के भएको होला ? पूर्वका विकट र तराईका विकट बस्तीमा के भएको होला ? सरकारको बदनामी देखाउन प्रचण्डको प्रतिवेदन काफीविमलेन्द्र निधि, भक्तपुरमा यो सरकारले के गरिहरेको छ हामीले भन्नुपर्दैन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा प्रस्तुत गरेको प्रतिवेदन नै काफी छ । प्रधानमन्त्री र प्रतिपक्षी दलका नेता भेट्नु लोकतन्त्रका सुन्दर पक्ष हो । तर, ओलीसँग भेटेपछि हाम्रो सभापतिको पनि बद्नाम हुन्छ । वाइडबडी, बालुवाटार, निर्मला हत्या प्रकरण, कोभिड नियन्त्रणका विषयमा सरकार चुकेको छ । भ्रष्टाचार बढेको छ । कम्युनिष्ट सरकारकै कारण संघीयता विरोधली टाउको उठाउन पाएका छन् । गणन्त्र र समावेशीताविरोधी सलबलाएका छन् । कांग्रेस हारे पनि जेठो होविश्वप्रकाश शर्मा हेटौडामा हरेक चुनौतीमा र संकटमा कांग्रेसले अगुवाई गरेको छ । कांग्रेस अहिले सरकारका छैन । सरकारमा रहे पनि चुनाव जिते पनि नजिते पनि कांग्रेस जेठो हो । कांग्रेसको अगाडि अन्तरे र जन्तरेहरु कहिल्ये जेठो हुन सक्दैनन् । कम्युनिष्ट सरकारबाट जनता आजित भएका हुन् व्यस्थाविरुद्ध नागरिकमा वितृष्णा होइन । कांग्रेस सकियो, कांग्रेसको दिन गयो भन्नेहरू र आफ्नो पार्टीभित्र रडाको भएपछि कांग्रेसको ढोका ढक्कढक्याउनेहरू हो, हामी सडकमै रहन्छौं । सरकारमा जानु परे निर्वाचनपछि बहुमत लिएर जान्छौं । तर, अहिले सरकारको खबरदारीमा एक भएर उभिन्छौं । वाइडबडीमा भ्रष्टाचार भएको हो । बूढीगण्डकी स्वदेशी लगानीमा बनाउने भनिएको थियो । तर सरकारले चीनको विवादास्पद कम्पनीलाई दियो, यो भ्रष्टाचार हो । यस्ता भ्रष्टाचारको फेहरिस्त धेरै लामो छ । इतिहासकै आपराधिक ओली सरकारअर्जुननरसिंह केसी, पोखरामा ओली सरकार इतिहासकै अपराधिक देखिएको छ । जनता मृत्युको संघारमा रहेको बेला सरकारले मेडिकल सामग्री किन्दा भ्रष्टाचार ग¥यो । यो भन्दा अपराधी सरकार इतिहासमा थिएनन् । निर्वाचित भएपछि ओलीले पहिलो भाषणमा कम्युनिष्ट, क्रान्तिकारी नेकपाको सरकारले विचित्रको काम गरेर देखाउने बताए तर, त्यो विचित्रको भनेको के हो म बताउन चाहँदिन । उखु किसानले दुःख गरेको पारिश्रमिक पाउन संघर्ष गर्नुपर्ने अवस्था आएको छ, यहीँ हो, एउटा विचित्र । राष्ट्रपतिज्यू मसँग चुनाव लड्न आउनुस्धनगढीमा गगन थापा सरकार संसदबाट भागेको छ । तर, बालुवाटारको दुलोबाट षडयन्त्र गर्न लागेपछि हामी यस्तो षडयन्त्र चिर्न सडकमा आएका हौं । हाम्रो अभियान सरकारलाई सही दिशामा ल्याएपछि मात्रै रोकिन्छ । अब हामी सरकारविरुद सडक र संसदमा खरो उत्रिन्छौं । प्रधानमन्त्रीले मुखले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्नुभएको छ । तर, भ्रष्टाचारीको प्रोत्साहन र संरक्षण बालुवाटारबाटै भइरहेको छ । भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, सिंहदरबार र बालुवाटार गए पुग्छ । प्रधानमन्त्रीकै संरक्षण र प्रोत्साहनमा ठूलाठूला भ्रष्टाचार काण्ड भइरहेका छन् । राष्ट्रपतिज्यू यदि तपाईँमा श्री ५ बडामहारानी बन्ने नै चाहना हो भने राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस् । तपाईंमा हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् ।