NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कांग्रेस सिन्धुपाल्चोकको जात्रा : किरियापुत्रीको भेषमा दुई ठाउँमा प्रदर्शन

काठमाडौं । सिन्धुपाल्चोकमा कांग्रेसले किरियापुत्रीको भेषमा सडकमा उत्रिएर प्रदर्शन गरेको छ । तर, जिल्लाका दुई ठाउँमा विरोध प्रदर्शन भएको छ । जिल्ला सभापति विकास लामाले चौतारामा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बाह्रबिसेमा विरोध प्रदर्शन गरेका हुन् । बाह्रबिसेमा आयोजित कार्यक्रममा स्थानीय नेता टपेन्द्र दर्नाल र युधीर पौडेल किरियापुत्रीको भेषमा प्रदर्शनमा निस्किएका थिए । प्रधानमन्त्री केपी ओलीविरुद्ध सांकेतिक रूपमा किरियापुत्रीको भेषमा प्रदर्शन गरेको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए । केन्द्रीय समितिले जिल्ला समितिको आयोजनामा जिल्ला सदरमुकाममा मात्रै कार्यक्रम गर्न निर्देशन दिएको थियो । पार्टीभित्रको विवाद सिन्धुपाल्चोकमा सडकमै पोखिएको छ ।