NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आफू अनुकूलका मान्छे ल्याउन अध्यादेश : पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद् बैठकको कार्यविधिसम्बन्धी अध्यादेश सरकार सर्वसत्तावाद र निरकुंशतातर्फ अघि बढेको प्रमाण भएको बताएका छन् । आफू अनुकूलका मान्छे भर्ती गर्न अध्यादेश ल्याइएको आरोप उनले लगाएका छन् । ‘संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।’ पौडेलले भनेका छन् ।