थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार नेपालमा कोरोनाबाट सक्रिय संक्रमित हुनेको संख्या नौ हजार आठ सय ८१ रहेको छ । आइसोलेसनमा रहनेको संख्या नौ हजार आठ सय ८१ रहेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या चार सय ५७ रहेको छ । कोरोना भाइरसबाट हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ५० हजार एक सय ८० पुगेको छ । नेपालमा हालसम्म १८ लाख ४३ हजार पाँच सय ८१ जनाको पिसिआर परीक्षण भइसकेको छ । कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा देशभर थप १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ सुरु भएयता कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार सात सय ३० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भई निको हुनेको संख्या एक हजार नौ सय ९६ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या दुई लाख ३८ हजार पाँच सय ६९ रहेको छ ।
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया