NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई संसद र सडकबाट परास्त गर्ने थापाको चेतावनी

काठमाडौं । कांग्रेसका युवा नेता गगन थापाले सरकारको असंवैधानिक कदमलाई संसद र सडकबाट परास्त गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठमा अध्यादेशको भन्दै थापाले सरकारको निरकुंश कदमलाई असफल बनाएरै छोड्ने दाबी गरेका छन् । ‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने ! केपी शर्मा ओली सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं।सडक र सदनको बलबाट जनताको साथ र शक्तिबाट !!’