अध्यादेशमा कांग्रेसको प्रष्ट विमती : देउवा

काठमाडौं । कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् । संवैधानिक परिषद् बैठकसम्बन्धी अध्यादेश जारी भएपछि देउवाले असन्तुष्टि जनाएका हुन् । ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तिलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ । यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ । यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’ देउवाले ट्वीटमा भनेका छन् । देउवा मंगलबार बिहानकाे बैठकमा गएका थिए । तर अध्यादेश जारी भएपछिकाे बैठकमा देउवा सहभागी भएनन् । अध्यादेश जारी गरेर बहुमतबाटै निर्णय गर्न सक्ने बाटाे खाेलेपछि प्रधानमन्त्रीले बाेलाएकाे बैठक अहिले बालुवाटारमा जारी छ ।
ताजा अपडेट
-
बालेनले काठमाडौंको मेयरमा जितेपछि के भनिन् उनकी श्रीमतीले ?
-
उपमेयरमा निर्वाचित सुनिता भन्छिन् : शासक होइन सेवक भएर कर्तव्य पूरा गर्छु
-
इन्धनमा लगाइँदै आएको कर घट्यो, शीर्षकबारे निर्णय हुन बाँकी
-
संसदमा एमालेको फेरि लफडा
-
नबिल बैंक ‘आइजे ग्लोबल म्यागेजिन’ को शीर्ष २० बैंकमा सूचीकृत
प्रतिक्रिया